हरियोबाट रातो पहिरनमा देखिइन् क्याट्रिना

२०७५ मङ्सिर १४ शुक्रबार १४:०३:०० मा प्रकाशित

काठमाडौं । धेरै आश गरिएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ नचलेपछि निरास बनेकी अभिनेत्री क्याट्रिना कैफ ‘भारत’को सुटिङमा भने रमाएकी छन् ।

सल्मान खानसँगै फिल्म ‘भारत’को सुटिङमा व्यस्त रहेकी क्याट्रिनाले केही तस्वीरहरु सार्वजनिक गरेकी छन् । उनले सुटिङमा रमाइरहेका तस्विर सामाजिक संचालमा छाएका छन् ।

केही दिन अघि उनको हरियो पहिरनमा सल्मानसँग नृत्य गरेको तस्वीर सार्वजनिक भएको थियो । फिल्म ‘भारत’को सुटिङको तस्विरले क्याट्रिनाको नयाँ अवतार देखिएको थियो ।

फेरी क्याट्रिनाले अर्को तस्विर सार्वजनिक गरेकी छन् । जसमा उनी रातो पहिरनमा छन् । यो पनि ‘भारत’कै सुटिङको तस्विर हो । यसमा झन रमाइरहेको देख्न सकिन्छ ।

यति बेला ‘भारत’को सुटिङ दिल्लीमा भइरहेको छ । यस अघि यो फिल्मको कास्मिरमा सुटिङ भएको थियो ।

यो फिल्म अर्को वर्ष इदमा रिलिज हुने छ ।

ताजा खबर