विश्वभर फ्रि वाईफाई ?

२०७५ मङ्सिर १४ शुक्रबार १२:४६:०० मा प्रकाशित


काठमाडौं । एक चीनीया आईटी कम्पनीले विश्वभर फ्रि वाईफाई दिनको लागि स्याटेलाइट प्रक्षेपण गर्ने बताएको छ ।

लिंकस्योर नेटवर्क नामक उक्त संस्थाले आगामी सन् २०२६ सम्ममा २७२ वटा स्याटेलाइटहरु प्रक्षेपण गर्दै विश्वभर तथा विरोधी ठुला आईटी संस्था गुगल र स्पेस एक्सलाई पनि उक्त सुविधा दिने बताइएको छ ।

यी स्याटेलाइट चीनको उत्तर पश्चिममा स्थित गान्सु प्रान्तको जिउकान स्याटेलाइट प्रक्षेपण सेन्टरबाट पठाइने र सन् २०२० सम्म १० वटा यस्ता स्याटेलाइट अन्तरिक्षमा पठाइने बताइएको छ ।

यस परियोजनाको लागत करिब ४३१.४ मिलियन डलर रहेको लिंकश्योरका सिइओ वाङ जिंग्यानले जानकारी दिएकी छिन् ।

उनले फ्रि वाईफाई दिएपनि फरक परिवेश, माध्यम जस्ता कारणले पनि भविष्यमा आम्दानी गर्न सकिने आशा व्यक्त गरेकी छिन् । संयुक्त राष्ट्र संघको आँकडाअनुसार सन् २०१७ अन्त्य सम्ममा पनि करिब ३.९ बिलियन मानिसहरु अझैं इन्टरनेटको पहुँचमा छैनन् ।

भौगोलिक परिवेश र यसका अप्ठ्याराले पनि टेलिकम कम्पनीहरुले नेटवर्क स्थापना गर्न नसकेपनि स्याटेलाइटको माध्यमबाट बिना नेटवर्क वाईफाई चलाउन मिल्ने दाबी कम्पनीको रहेको छ ।

गुगल, स्पेस एक्स, वानवेब र टेलेस्याट जस्ता धेरै कम्पनीहरु अहिले स्याटेलाइटको माध्यमबाट फ्रि इन्टरनेट प्रदान गर्ने योजना सार्वजनिक गरिसकेका छन् ।  
त्यस्तै चीनले अहिले अमेरिकाको जिपिएस प्रणालीको प्रतिस्पर्धा गर्दै बिडु नेभिगेसन स्याटेलाइट सिस्टम (बिडिएस) बनाउँदै छ । चीनको यो प्रणाली बनेमा अमेरिकाको जिपिएस, रसियाको ग्लोनास र युरोपियन युनियनको ग्यालिलियो पछिको चौथो विश्वव्यापी स्याटेलाइट नेभिगेसन सिस्टम बन्ने छ ।

 

ताजा खबर