ईशा गुप्ता र हार्दिक पाण्ड्याको ‘ब्रेकअप’

२०७५ मङ्सिर १३ बिहीबार १३:२२:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री ईशा गुप्ता र क्रिकेटर हार्दिक पाण्ड्याको ‘ब्रेकअप’ भएको छ ।

भारतीय मिडियाले उनीहरुको ‘ब्रेकअप’ भएको समाचार लेखेका छन् । लामो समयदेखि प्रेमसम्बन्धमा रहेका ईशा र हार्दिकबीच खटपट भएका समाचार आएका थिए ।

तर, भरखरै ईशाले इन्स्टाग्राम एकाउन्टमा पोस्ट गरेपछि ‘ब्रेकअप’ भएको खबरलाई बल पुगेको छ । ईशाले लेखेकी छन्, ‘नराम्रो समाचारः बलजफ्ती कुनै पनि चिजलाई मन पराउन सकिदैन् । बलजफ्ती त न कसैलाई प्यार गर्न सकिन्छ, न कसैले प्यार गर्छ । बलजफ्ती त अरुलाई नियन्त्रणमा पनि राख्न सकिदैन् । सुखद समाचारः यसले केही फरक पदैन् ।’

ईशा यत्तिमै रोकिएकी छैनन् । उनले अर्को पनि पोस्ट गरेकी छन् । अर्को पोस्टमा लेखेकी छन, ‘यदि तपाई अरुको भावना बुझ्न सक्नु हुन्न भने पनि राम्रो निर्णयमा त पुग्न सक्नु हुन्छ जसले नजिकवालालाई पनि लागोस कि तपाई उसका भावनाका बारेमा सोच्नु हुन्छ । यो निर्णय गर्नुमा कुनै खराबी छैन ।’

यसमा क्रिकेटर हार्दिक पाण्ड्याले भने कुनै प्रतिक्रिया दिएका छन् । ईशा भन्दा अगाडी पनि केही अभिनेत्रीसँग उनी प्रेमसम्बन्धमा थिए । तर, कसैसँग पनि लामो समय टिक्न सकेन् ।

ताजा खबर