बिहेका लागि जोधपुर पुगिन् प्रियंका

२०७५ मङ्सिर १३ बिहीबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा मुम्बइबाट जोधपुर पुगेकी छन् ।

उनी बिहेका लागि बिहीबार जोधपुर पुगेकी हुन् । जोधपुरको उम्मेद भवन प्यालेसमा प्रियंकाको बिहे हुँदैछ ।

उनी २ डिसेम्बरमा निक जोनससँग बिहे गर्दैछिन् । त्यसका लागि उनी मुम्बइबाट जोधपुर पुगेको भारतीय मिडियाले जनाएका छन् ।

प्रियंका र निकका परिवारजन पनि जोधपुर पुगिसकेका छन् ।

बिहेपछि प्रितिभोज दिल्ली र मुम्बइमा हुने जनाएको छ ।

ताजा खबर