शाहरुखको फिल्ममा देखिँदै दश महीना अघि मृत्यु भएकी श्रीदेवी

२०७५ मङ्सिर १२ बुधबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको दश महीना अघि मृत्यु भएको थियो । तर, उनी शाहरुख खानको आउँदै गरेको फिल्म ‘जीरो’मा देखिने भएकी छन् ।

फिल्म जीरोमा शाहरुख खान, क्याट्रिना कैफ, अनुष्का शर्माको अभिनय छ । त्यसको एउटा गीतमा भने श्रीदेवी पनि देखिन लागेकी छन् ।

श्रीदेवीको १० महिना अघि मृत्यु भएको थियो । उनको मृत्यु हुनु भन्दा अघि जीरोको गीत सुटिङ भएको थियो । श्रीदेवीसहित सुटिङका क्रममा खिचेको फोटो अभिनेत्री करिष्मा कपूरले सार्वजनिक गरेकी छन् ।

यो फिल्मका लागि श्रीदेवीसँगै, करिष्मा कपूर, काजोल, रानी मुखर्जी, आलिया भट्टलगायतका अभिनेत्रीको विशेष गीत सुटिङ गरिएको थियो । त्यो गीत रिलिज नगरिने भएको छ ।

दर्शक फिल्म हलमै गीत देखुन भनेर श्रीदेवी भएको गीत फिल्म रिलिज हुनु भन्दा अघि छुट्टै सार्वजनिक नगरिने जनाएको छ ।

यो गीतको नै श्रीदेवीका अन्तिम सुटिङ हो । उनको अन्तिम झलक पनि यहि गीतमा देख्न सकिने छ ।
यो फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ ।

 

ताजा खबर