यस्तो छ 'कपिल शर्मा शो'को टिजर

२०७५ मङ्सिर १२ बुधबार १२:०५:०० मा प्रकाशित

काठमाडौं । कमेडियन कपिल शर्माको नयाँ कार्यक्रम छिट्टै शुरु हुने भएको छ । त्यसको टिजर सार्वजनिक गरिएको छ ।

दुई वर्ष अघि कमेडियन कपिल शर्माले टेलिभिजनमा हास्यप्रधान कार्यक्रम शुरु गरेका थिए । केही समय रोकिएको ‘कमेडि नाइट विद कपिल शर्मा’ नयाँ नाम ‘कपिल शर्मा शो’ मार्फत फेरी शुरु हुन लागेको हो ।

यो शो प्रशारण गर्ने सोनी टिभीले टिजर सार्वजनिक गरेको छ । टिजरलाई पनि दर्शकले खुब मन पराएका छन् । टिजरमा बालबालिकादेखि बृद्धबृद्धासम्म कपिलको शो हेरेर हाँसिरहेको देखाएको छ ।

यो शो कहिले शुरु हुने खुलाएको छैन । तर, छिट्टै शुरु हुने जनाएको छ ।

कपिल १२ डिसेम्बरमा बिहे गर्न लागेका छन् । सकभर बिहे अघि शो शुरु हुने जनाएको छ ।

यो शोमा पहिलो अतिथि शाहरुख खान हुने जनाएको छ । शाहरुख, क्याट्रिना कैफ र अनुष्का शर्माको फिल्म ‘जीरो’ २१ डिसेम्बरमा रिलिज हुँदैछ । त्यसको प्रबद्र्धनका लागि जीरो टीम कपिलको शोमा आउने जनाएको छ ।

 

ताजा खबर