भाइलाई छोडेर 'मि टू'को पक्षमा फरहान अख्तर

२०७५ मङ्सिर ११ मंगलबार १३:१९:०० मा प्रकाशित

काठमाडौं । धेरैले अड्कल काटेका थिए, बलिउड अभिनेता फरहान अख्तर आफ्ना भाइ साजिद खानको पक्षमा बोल्लान् । तर, फरहानले मुख खोलेका छन् । उनले भाइको पक्षमा हैन, ‘मि टू’ अभिायनको पक्षमा बोलेका छन् ।

फरहानका भाइ बलिउड निर्देशक साजिदलाई ‘मि टू’ अभियानमार्फत यौन दुर्व्यवहारको आरोप लागेको छ । बलिउड अभिनेत्री सलोनी चोपडा र एक पत्रकार महिलाले साजिदलाई यौन दुर्व्यवहारको आरोप लगाएका छन् । जसका कारण साजिदले ‘हाउसफुल ४’को निर्देशकबाट राजीनामा दिएका छन् ।

लामो समयसम्म केही नबोलेका फरहानले भरखरै एक अन्तरर्वातामा ‘मि टू’को पक्ष लिएका हुन् । उनले भनेका छन्, ‘भाइ साजिदलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । के साँचो हो, के झुठो हो मलाई थाहा छैन् । तर, अब साजिदले माफी मागेर मात्रै हुदैन । यसको छिनोफानो अदालतबाट गर्नुपर्छ ।’

उनले महिलामाथि हुने यौन दुर्व्यवहार निन्दनीय भएको बताए । यो अपराध भएको उल्लेख गर्दै कानुन अनुसार कारवाही गर्नु पर्ने उनको जिकिर थियो । ‘मेरो परिवारको सदस्य भएपनि महिलामाथि दुर्व्यवहार गर्नेको पक्ष लिन्न, अनुसन्धान गरेर अदालतबाट टुंगो लगाउँनु पर्छ । गलत गर्नेले कारवाही भोग्नु पर्छ’ फरहानले भनेका छन् ।

यति बेला फरहान ‘स्काई इज पिंक’ फिल्मको सुटिङमा छन् । यो फिल्ममा उनीसँगै प्रियंका मुख्य भूमिकामा छिन् । 

ताजा खबर