आमिर खानले मागे माफी

२०७५ मङ्सिर ११ मंगलबार १२:३८:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता आमिर खानले दर्शकसँग माफी मागेका छन् ।

दुई साता अघि रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ नचलेपछि उनले दर्शकसँग माफी मागेका हुन् । ‘ुधेरै दर्शकलाई यो फिल्म मन परेन् । यसको जिम्मेवारी लिदै सबैसँग माफी माग्छु ।’

सबैले कडा मेहेनत गरेको भएपनि ‘ठग्स अफ हिन्दुस्तान’ नचलेकोमा आमिरले दुःख व्यक्त गरे । उनले यो फिल्मलाई मन पराउने दर्शकलाई पनि धन्यवाद दिएका छन् । ‘केही दर्शकले यो फिल्म मन पराएका छन् । यसका लागि उनीहरुलाई धन्यवाद दिन चाहन्छु,’ आमिरले भनेका छन् ।

दुई साता अघि रिलिज भएको ‘ठग्स अफ हिन्दुस्तान’ले लगानी समेत उठाउँन सकेन् । यसमा आमिरसँगै अभिताभ बच्चन, क्याट्रिना कैफले अभिनय गरेका थिए ।

यो फिल्म निर्माणमा दुई वर्ष लागेको थियो । तैपनि, यसलाई न दर्शकले रुचाए न त समिक्षकले नै ।

 

ताजा खबर