तेस्रोलिङ्गी बिनिता तीज गीतमा छमछमी

२०७४ श्रावण १६ सोमबार ११:४७:०० मा प्रकाशित

बुटवल,१६ साउन । बिनिता शाही अपरिचित कलाकार होईनन्। रंगमञ्चमा जमिसकेकी नृत्य कलकाकार बिनितालाई यसपटक तीजको गीतमा छमछमी नाचेको देख्न सकिनेछ।

स्टेज कार्यक्रममा अब्बल रहँदै आएकी बिनितालाई यो पटक उदघोषिका शितल शर्माले आफ्नो तीजको उपहार नमूना जोडीमा नचाउन सफल    भइन । बिनिता पनि शितलको गीतमा जमेरै नाचेकी छन् ।

देश बिदेशका मञ्चहरुमा जमेर नाचेकी बिनिता तेस्रो लिङ्गी हुन् । आफु तेस्रो लिङ्गी भएकोमा गर्व गर्ने बिनितिाले नेपालीहरुको तीजमा आफु जम्ने दावी गरेकी छिन । अहिलेसम्म बिनिता कुनै म्युजिक भिडियोमा खेलिनन् तर पहिलो पटक शितल शर्मा नमुना जोडी मार्फत नै आफुलाई सार्वजनिक    गरिन । पहिलो पटक म्युजिक भिडियोमा खेल्न पाएकोमा प्रशन्न बिनिताले शितल शर्मा नमुना जोडीलाई नमुना म्युजिक भिडियो बनेको प्रतिक्रिया दिएकी छन्।

सांगीतिक कोशेली पानीजहाज देखि चर्चामा आएकी गायिका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली नमुना जोडी सार्बजनिक गरेकी छिन, बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फिल्मले गरेको छ ।

यो भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन्। बुटवलकै कलाकार राज केसी , मिनुजÞ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूजले नै नृत्य निर्देशकको भूमिका निभाएका छन। यसमा सगुन शर्माको श्रृंगार रहेको छ । बुटवलको चर्चित आम्रपाली ब्याङ्गकेटमा छायांकन भएको भिडियोले दर्शकको मन जित्ने विश्वास निर्माताले गरेका छन्। राजेन्द्र भण्डारीको शब्द, पुरुसोत्तम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुषोत्तम गैरेको स्वर रहेको छ । https://www.youtube.com/watch?v=IadkfJv0EiA

तस्बीरमा बायाँबाट क्रमश बिनिता र शीतल 

ताजा खबर