शिव मन्दिरमा पूजा गरेर लन्डन फर्किए इरफान खान

२०७५ मङ्सिर १० सोमबार १३:१७:०० मा प्रकाशित

काठमाडौं । लन्डनमा क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खान गुपचुपमा भारत पुगे । कसैलाई जानकारी नदिएर दुई दिनमै फेरी लन्डन फर्किए ।

उनी लन्डन फर्किपछि भारत आउनुको रहस्य खुलेको छ । उनी पूजा गर्नका लागि भारत आएको जनाएको छ ।

अभिनेता इरफानले भारतको त्रियंबकेश्वर शिव मन्दिरमा पूजा गरेको उनी निटक स्रोतले जनाएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले इरफनले त्रियंबरकेश्वर शिव मन्दिरमा हवन समेत गरेको जनाएका छन् ।

उनी मन्दिरमा पूजा गर्नकै लागि भारत पुगेको जनाएको छ । पूजा गरीसकेपछि दुई दिनमै फेरी लन्डन फर्किएको रिपोटमा उल्लेख छ ।

गत वर्ष क्यान्सर देखिएपछि उनी उपचारका लागि लन्डन गएका थिए । अहिले पनि उनको क्यान्सरको उपचार चलिरहेको छ ।

 

ताजा खबर