अमिताभ, नसीरुद्दीन र राजकुमार एउटै फिल्ममा खेल्ने

२०७५ मङ्सिर ९ आइतबार १५:५६:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन, नसीरुद्दीन शाह र राजकुमार राव एकै फिल्ममा देखिने भएका छन् ।

निर्देशक कबीर कौशिकले निर्देशन गर्ने यो फिल्ममा अमिताभ, नसीरुद्दीन र राजकुमार हुने तय भएको छ । यस फिल्मको सुटिङ अर्को वर्ष हुने जनाएको छ ।

यसका विषयमा धेरै जानकारी बाहिर नआएपनि पहिलो पटक अमिताभ, नसीरुद्दीन र राजकुमार एउटै फिल्ममा काम गर्न लागेका हुन् ।

अमिताभ र नसीरुद्दीनले एउटै फिल्ममा काम गरेका भएपनि तीनै जनाले गरेका छैन् ।

यस अघि सानो भूमिकामा राजकुमारले अमिताभसँग एउटै फिल्ममा काम गरेका थिए । फिल्म ‘रण’मा न्यूज रिडरका भूमिकामा देखिएका राजकुमारले तीन हजार भारतीय रुपैयाँ मात्रै पारिश्रमिक पाएका थिए । जुन उनको पहिलो फिल्म थियो ।

ताजा खबर