यस्तो छ ‘समर लभ’ फिल्मको टिजर

२०७५ मङ्सिर ९ आइतबार १२:४३:०० मा प्रकाशित

काठमाडौं । युवा पुस्ताले रुचाएको उपन्यास ‘समर लभ’मा आधारित फिल्को टिजर सार्वजनिक भएको छ ।

लेखक सुविन भट्टराईको उपन्यासमा आधारित फिल्मको नाम पनि ‘समर लभ’ राखिएको छ । यसमा सुरजसिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिकको अभिनय रहेको छ ।

नाइटिंगेल इन्टरटेनमेन्टले निर्माण गरेको ‘समर लभ’को निर्देशन मुकेश ढकालले गरेका हुन् । यो फिल्म २५ माघमा रिलिज हुँदैछ ।

यसको टिजरलाई दर्शकले मन पराएका छन् । टिजरमा दर्शकले राम्रो प्रतिक्रिया जनाएका छन् ।

">http://

 

ताजा खबर