रिलिज नहुँदै ‘जीरो’ले कमायो ७८४ करोड

२०७५ मङ्सिर ९ आइतबार १२:०२:०० मा प्रकाशित

काठमाडौं । रजनीकानन्त र अक्षय कुमारको अभिनय रहेको फिल्म ‘जीरो’ले रिलिज नहुँदै धमाल मच्चाएको छ ।

बलिउडमा सबैभन्दा महंगो फिल्म ‘जीरो’ले रिलिज नहुँद लगानी असुल्न थालेको छ । यो फिल्म ८८० करोड अर्थात ५५० करोड भारतीय रुपैयाँमा निर्माण भएको हो ।

अहिले अग्रिम बुकिङले निर्माता तथा कलाकारलाई उत्साहित बनाएको छ । आईतबारसम्म १९२ कराड अर्थात १२० करोड भारतीय रुपैयाँको अग्रिम बुकिङ भइसकेको छ ।

भारतीय मिडियाको रिपोर्टअनुसार, यो फिल्मले अहिलेसम्म ७८४ करोड अर्थात ४९० करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ । फिल्मको डिजिटल राइट, स्याटेलाइट राइट, अग्रिम बुकिङ र टिकट बुकिङ गरेर यो कमाइ भएको हो ।

यो फिल्म २९ नोभेम्बरमा रिलिज हुँदैछ ।

ताजा खबर