मलाईकाको यस्तो तस्वीर भयो भाइरल

२०७५ मङ्सिर ८ शनिबार १३:२२:०० मा प्रकाशित

काठमाडौं । अभिनय भन्दा पहिरनले चर्चामा आउने मलाईका आरोडाको नयाँ तस्वीर भाइरल बनेको छ ।

मुम्बइमा सडकमा हिन्दै गरेको उनको तस्वीर भाइरल बनेको हो । ठूलो ब्याग सहित हिन्दै गरेकी मलाईकाले लगाएको पैन्टका कारण चर्चामा छन् । उनले ठाउँठाउँमा च्यातिएको पैन्ट लगाएकी छन् ।

यो तस्वीर सामाजिक संजालमा आएसँगै कतिले प्रशंसा गरेका छन भने कतिले मजाक उडाएका छन् । कतिले यसमा चुट्किला समेत बनाएका छन् ।

तर, मलाईका भने आफ्नो तस्वीर भाइरल भएकोमा खुशी छिन् । अर्जुन कपूरसँग बिहे गर्ने तयारीमा रहेकी उनले भारतीय मिडियासँग खुशी रहेको प्रतिक्रिया दिएकी छन् ।

ताजा खबर