सडकमा खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा

२०७४ श्रावण १६ सोमबार ०६:४१:०० मा प्रकाशित

काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको छ । 

मेलम्चीको पानी वितरणका लागि खनिएका तथा सडक निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीका कारण उपत्यकाका सडक अस्तव्यस्त बनेका छन् । सडकमा बनेको खाल्डाखुल्डीका कारण गत असार ३० गते एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र खाल्डाखुल्डी पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशनपछि काम तीव्ररुपमा अघि बढाइएकामा ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएकोे छ । शनिबार परेको नियमित वर्षाका कारण धेरै ठाउँमा काम गर्न कठिन भएको सडक विभागले जनाएको छ । कालोपुल, गल्फुटार, चपलीलगायत क्षेत्रमा काम भइरहेको र आज पनि निरन्तर रहेको विभागले जनाएको छ । रासस 

ताजा खबर