किन दिए शेराले सल्मान खानलाई मार्ने धम्की ?

२०७५ मङ्सिर ६ बिहीबार ११:४८:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता सल्मान खानलाई शेरा नामका एक व्यक्तिले मार्ने धम्की दिएक छन् ।

मिडिया रिपोटका अनुसार, सल्मानलाई मार्ने धम्की दिने शेरा पक्राउ परेका छन् । उनलाई भारतको इलाहावादबाट पक्राउ गरेर मुम्बई लगिएको छ ।

उनको विरुद्ध सल्मानका पिएले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले सल्मानलाई किन मार्ने धम्की दिए भन्ने उजुरीमा खुलेको थिएन् । प्रहरीले सोधपुछ गर्दा पनि सल्मानका पिएले खुलाएका थिएनन् ।

जब शेरालाई पक्राउ परे त्यसपछि खुल्यो मार्ने धम्कीको कारण । प्रहरीका अनुसार, शेरा मुम्बइमा बस्छन्, फिल्म क्षेत्रमा काम गर्न चाहन्छन् । त्यसका लागि उनले अभिनय सिक्दै र गर्दै पनि आएका छन् ।

त्यसैले उनले सल्मानलाई भेट्न चाहेका थिए । जति प्रयास गर्दा पनि भेट्न पाएनन् । सल्मानका अंगरक्षकहरुले उनलाई नजिक समेत जान दिएनन् । घरमा गएर भेट्न खोज्दा पनि अनुमति पाएनन् ।

त्यसपछि रिसाएका शेराले सल्मानको मोबाइलमा मेसेज गरेको बताएका छन् । मेसेजमा मार्ने धम्की दिएको स्वीकारेका छन् । उनले मुम्बई प्रहरीसँगको बयानमा भनेका छन्, ‘म सल्मानलाई मार्न चाहदैन । भेट्नै नपाएपछि रिस आएर मेसेज गरेको हुँ ।’

 

ताजा खबर