कपिललाई टक्कर दिन सुनील ग्रोबर आउँदै

२०७५ मङ्सिर ५ बुधबार १५:५१:०० मा प्रकाशित

काठमाडौं । टिभी कार्यक्रम ‘कमेडी विद कपिल शर्मा’बाट चर्चित बनेका भारतीय हास्यकलाकार कपिल शर्मा र सुनील ग्रोबरबीच विवाद भयो । दुवै अलग–अलग भए ।

अब यतिमात्रै सिमित रहेन् । कपिललाई टक्कर दिन सुनीलले पनि अर्को कमेडी कार्यक्रम संचालन गर्ने भएका छन् ।

सुनीलले छिट्टै ‘कानपुर वाले खुरानाज’ नामक कमेडी कार्यक्रम सञ्चालन गर्न लागेका छन् । यो कमेडी कार्यक्रमको पहिलो पाहुना अभिनेता रणवीर सिंह र निर्देशक रोहित शेट्टी हुँदैछन् ।

यस कार्यक्रमका लागि रणवीरले सहमति जनाइसकेका छन् । विहेपछि पहिलो यहि कार्यक्रममा रणवीर देखिने छन् ।

यो कार्यक्रम डिसेम्बर दोस्रो साताबाट शुरु हुने जनाएको छ । सुनीलसँगै यो कार्यक्रममा कुणाल खेमू, सना खान, देवयांश, अली असगर र उपासना सिंह रहने जनाएको छ ।

कपिल पनि आफ्नो नयाँ कार्यक्रम २३ डिसेम्बरबाट शुरु गर्दै छन् । यो कार्यक्रममा कपिलसँगै भारती सिंह, चंदन प्रभाकर, किकू शारदा देखिने छन् ।

ताजा खबर