३० वर्षअघि हराएका पर्वतारोहीको लाश पुमोरी हिमालमा भेटियो

२०७५ मङ्सिर ५ बुधबार १३:२१:०० मा प्रकाशित

काठमाडौं, ५ मंसीर । ३० वर्षअघि पुमोरी हिमाल चढ्ने क्रममा बेपत्ता भएका दुईजना आइसल्याण्डका नागरिकको शव हालसालै भेटिएको छ । अमेरिकी पर्वतारोहीले उक्त शव भेटाएको बताइएको छ । 

आइसल्याण्डका पर्वतारोही क्रिस्टीन रुनार्सोन र डोर्सटेन गुडजोन्सन पुमोरि हिमाल पर्वतारोहण गर्ने क्रममा बेपत्ता भएका थिए । यसरी हराउनु अघि यी दुबैले उत्तर अमेरिकाको विभिन्न हिमालको सफल आरोहण गरेका थिए । 

क्रिस्टीन र डोर्सटेनको परिवारसँगको छलफल पछि पर्वतारोही लिफर अर्न स्भाभर्सोनले ती शवलाइ काठमाडौंसम्म ल्याउने तयारी गरेका आइसल्याण्ड मनिटर अनलाइनले उल्लेख गरेको छ । काठमाडौं ल्याइसकेपछि ती शवलाई आइसल्याण्ड लैजान आवश्यक सबै प्रवन्ध परिवारले नै गर्ने पनि उक्त अनलाइनले जनाएको छ । 

यति लामो समयपछि शव भेटिएपछि आफन्तहरुले सहानुभूति दिएको बताउँदै क्रिस्टीनका बुबा रुनार गुडबास्र्टोन भन्छन् , ‘मान्छेहरु मलाई अंकमाल गर्दे सहानुभूति दिइरहेका छन् । तर मैले भने बरु मलाई बधाइ दिनुहोस्, सहानुभूति हैन । धन्य उनीहरुको शरीर त भेटियो ।’ 

मृत शरीर कस्तो ठाउँमा छ र कहिलेसम्म आउँछ भन्ने पक्का नभएपनि उनी भन्छन् , ‘कहिले आइपुग्छ भन्दापनि उनीहरुको शरीर पाउनु मुख्य कुरा हो । ’


 

ताजा खबर