यसकारण बेंगलोर पुगे दीपिका र रणवीर

२०७५ मङ्सिर ४ मंगलबार १२:२९:०० मा प्रकाशित

काठमाडौं । भरखरै विवाह बन्धनमा बाँधिएका बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बेंगलोर पुगेका छन् ।

बुधबार बेंगलोरमा प्रितिभोज राखिएको छ । त्यसका लागि उनीहरु मुम्बईबाट बेंगलोर पुगेका हुन् ।

बिहेपछि दीपिका र रणवीरका परिवारजन र नातेदारका लागि पहिलो प्रितिभोज आयोजना गर्न लागिएको जनाएको छ । भारतीय मिडियाका अनुसार, बुधबार बेंगलोरमा आयोजना हुने पहिलो प्रितिभोजमा दीपिका र रणवीरका परिवारजन र नातेदारमात्रै सहभागि हुने छन् ।

यसपछि अर्को प्रितिभोज २८ नोभेम्बरमा हुने छ । दोस्रो प्रितिभोज बलिउड कलाकारका लागि आयोजना गर्न लागेको जनाएको छ । यसमा सहभागिताका लागि बलिउड हस्तीहरुलाई निमन्त्रणा दिइसकिएको जनाएको छ ।

ताजा खबर