मुन्नाभाई ३ बन्दै, संजय दत्तनै मुख्य भुमिकामा

२०७५ मङ्सिर ३ सोमबार १३:०१:०० मा प्रकाशित

काठमाडौं । संजय दत्तद्वारा अभिनित चर्चित बलिवुड चलचित्र मुन्नाभाई ३ को लेखन कार्य सकिएको बताइएको छ ।

निर्देशक राजकुमार हिरानीका अनुसार मुन्नाभाई चलचित्रको तेश्रो भागको स्क्रीप्ट तयार भइसकेको र फिल्म निर्माणको काम छिट्टै सुरु हुनेछ । लामो समयदेखि मुन्नाभाई ३ आउने चर्चा चलिरहेको थियो ।

हिरानीका अनुसार यस फिल्ममा पनि संजय दत्त र अरशद वारसीनै मुख्य भुमिकामा देखिने छन् । नायिका तथा अन्य चरित्रहरुमा को लिइने भन्ने कुरा छिट्टै सार्वजनिक गर्ने पनि उनले बताएका छन् ।

सफल निर्देशक हिरानीले चलचित्रमा स्टारहरुलाई ध्यानमा राखेर पटकथा लेख्ने उनको बानी नरहेको पनि खुलाएका छन् । कथा तयार भएपछि मात्र सुहाउँदो अभिनेता तथा अभिनेत्रीहरु चयन गर्ने उनको बानी रहेको पनि उनले बताए ।
 
पंजाब केशरीसँग बोल्दै हिरानीले सबै खाले अभिनेता तथा अभिनेत्रीहरुसँग काम गर्न चाहेको हिरानीले बताउँदै फिल्मको कथा वस्तु नै वास्तविक अभिनेता हो भन्दै फिल्ममा कथावस्तुको मुल भुमिका हुने कुरालाई उजागर गरेका  छन् ।

 

ताजा खबर