आमा दब्लमबाट फर्किने क्रममा अष्ट्रेलीयन पर्वतारोहीको मृत्यु

२०७५ मङ्सिर ३ सोमबार १२:३६:०० मा प्रकाशित

काठमाडौं, ३ मंसिर । आमा दब्लम हिमालबाट फर्किने क्रममा एक अष्ट्रेलीयन पर्वतारोहीको मृत्यु भएको छ ।

न्यूक्यासल निवासी ३३ वर्षिय माइकल जोफ्रि डेभिसले ६ हजार ८ सय १२ मिटर उचाइ भएको आमा दब्लम हिमालबाट फर्किने क्रममा बिहिबार ज्यान गुमाएका हुन् ।

ठुलो ढुंगा भरेपछि डेभिसले झर्ने क्रममा प्रयोग गरेको डोरी चुँडिएर लड्दा उनको मृत्यु भएको बताइएको छ । १५ सदस्यीय समुहमा उनी बाहेक अरु सबै सकुशल रहेका छन् ।

डेभिसको मृत शरिर हवाइ जहाजबाट काठमाडौं ल्याइ पोष्टमार्टमको लागि पठाइएको पनि जानकारी दिइएको छ ।

 

ताजा खबर