फेसबुकका अध्यक्ष जुकरबर्गको पद संकटमा

२०७५ मङ्सिर ३ सोमबार ११:२७:०० मा प्रकाशित

काठमाडौं । फेसबुकका अध्यक्ष एवं सिईओ मार्क जुकरबर्गको पद संकटमा परेको छ । उनलाई अध्यक्षको पद छोड्न दवाव आएको छ ।

उनलाई कम्पनीका लगानीकर्ताहरुले अध्यक्षको पदबाट राजीनामा दिन दवाव दिएको समाचार आएको छ । बेलायतको पत्रिका गार्डियनको रिपोटमा जुकरबर्गलाई अध्यक्षको पद छोड्न दवाव आएको उल्लेख गरेको छ ।

फेसबुकमा लगानी गरिरहेको कम्पनी ट्रिलियम असेट मेनेजमेन्टका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले अध्यक्ष जुकरबर्गलाई पद छोड्न दवाव दिइरहेका छन् । उनको नेतृत्वमा अध्यक्ष पद छोड्न माग भइरहेको जनाएको छ ।

यस अघि न्यूयोर्क टाइम्सले प्रकाशन गरेको रिपोटका आधारमा उनलाई दवाव आएको हो । फेसबुकले प्रतिद्वन्द्वी कम्पनीका विरुछ लेख्न पीआर फर्म डिफायनर्सलाई ‘हायर’ गरेको रिपोट उल्लेख थियो ।

उनले आफूलाई यस्तो गरेको जानकारी नभएको बताउँदै आएका थिए । विवादपछि उनले डिफायनर्ससँगको सम्झौता रद्द गरेका छन् ।

लगानीकर्ताहरुले अध्यक्ष वा सिईओ अलग–अलग हुनु पर्ने तर्क गरेका छन् । उनी अध्यक्ष रहने वा नहरने भन्ने सन् २०१९ को जुनमा तय हुने छ । उनलाई हटाउने प्रस्तावमा जुनमा मतदान हुने जनाएको छ ।

ताजा खबर