भोलि मनिषाको उपस्थितिमा साहित्यको चर्चा हुँदै

२०७५ मङ्सिर २ आइतबार १५:२७:०० मा प्रकाशित

 काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाको विशेष उपस्थितिमा साहित्यका बारेमा रोचक छलफल हुने भएको छ ।

‘म र साहित्य’ शीर्षक रहेको छलफलमा स्थापित साहित्यकार,संविधानविद्,व्यंग साहित्यकार र राजनीतिज्ञको समेत प्रस्तुति रहने छ ।

देशका चर्चित व्यंग साहित्यकार रामकुमार पाँडे,अर्का स्थापित साहित्यकारहरु तोया गुरुङ्ग र भुवन ढुङ्गानाले साहित्यसँगको संगतबाट पाएको अनुभव सुनाउने कार्यक्रम रहेको छ । त्यसैगरी चर्चित संविधानविद् तथा गीतकार भीमार्जुन आचार्यले गीत,संगीत र साहित्यका बारेमा चर्चा गर्नेछन् । धीरेन्द्र प्रेमर्षीले व्यंग साहित्यको चर्चा गर्दै छलफलको संयोजन गर्ने भएका छन् । 

सुशील कोइराला मेमोरियल फाउन्डेसनले भोलि मंसीर ३ गते अपरान्ह १२ः३० बजे अनुपम फूडल्याण्ड बत्तिसपुतलीमा आयोजना गर्ने यो कार्यक्रममा आदेश आचार्यले रचेका प्यारानोइया नामको नयाँ कृति पनि सार्बजनिक हुने फाउन्डेसनका सदस्य सचिब अतुल कोइरालाले बताए ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कार्यक्रमको सभापतित्व गर्नेछन् । उनी फाउण्डेसनका अध्यक्ष हुन् ।

ताजा खबर