कपिल ‘कौन बनेगा करोड़पति’को फाइनलमा आउँदै

२०७५ मङ्सिर २ आइतबार १२:३१:०० मा प्रकाशित

काठमाडौं । कमेडियन कपिल शर्मा यतिबेला बिभिन्न कारणले चर्चामा छन् । टेलिभिजनमा नयाँ कार्यक्रम ल्याएर आउदै गरेको खबर त छदैछ, बिहेका विषयमा पनि चर्चा भइरहेको छ ।

यसपटक भने अभिनेता अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’को विषयले पनि कपिल शर्मालाई चर्चामा ल्याएको छ । बच्चनसँगै कपिल पनि ‘कौन बनेगा करोडपति’का फाइनल शोमा देखिने भएका छन् ।

यस सिजनको ‘कौन बने करोडपति’को अन्तिम शोमा कपिल ‘स्पेसल गेस्ट’का रुपमा देखिने जनाएको छ । केबीसी स्रोतका अनुसार, यो एपिसोडको सुटिङ भइसकेको छ । यसमा बच्चन र कपिलले विशेष बनाएका छन् ।

यस सिजनको केबीसीको फाइनल शो २३ नोभेम्बरमा प्रसारण हुँदैछ ।

बलिउड अभिनेता सलमान खान निर्माता रहेको कपिल शर्माको कमेडी शो भने १६ डिसेम्बरबाट शुरु हुनेछ ।

 

ताजा खबर