विहेपछि यस्ता देखिए दीपिका र रणवीर

२०७५ मङ्सिर २ आइतबार १२:०३:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बिहेपछि इटालीबाट मुम्बई फर्किका छन् ।

आईतबार बिहान नवदम्पत्ती घुमफिरमा निस्केका छन् । दुवै जनाले बाहिर जम्मा भएका शुभचिन्तकलाई अभिवादन गरेका थिए । दुवै जना हात समातेर शुभचिन्तकलाई अभिवादन गर्न निस्केका थिए ।

इटालीबाट भारत फर्किएका उनीहरुले मुम्बई र बेंलोरमा प्रितिभोजको आयोजना गर्ने भएका छन् । दीपिकाले बेंलोरमा २१ नोभेम्बरमा र रणवीरले मुम्बईमा २८ नोभेम्बरमा प्रितिभोज राखेका छन् ।

उनीहरुलाई बलिउडका कलाकारले अझै पनि बधाइ दिइरहेका छन् । दीपिका र रणवीरको विहेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

ताजा खबर