कति करोडको छ दीपिकाको औंठी ?

२०७५ कार्तिक ३० शुक्रबार १६:०६:०० मा प्रकाशित

काठमाडौं । बलिउड स्टारद्वय दीपिका पादुकोण र रणवीर  सिंहले बिहे गरेका छन् । बिहेका कारण एक महिनादेखि चर्चामा रहेका दीपिका र रणवीरलाई अझै पछ्याउन छोडिएको छैन ।

अहिले भने उनीहरुको औंठीले चर्चा पाएको छ । उनीहरुको बिहेको तस्वीर सार्वजनिक भएसँगै उनीहरुले लगाएका लुगा, गरगहनामा चर्चा हुन थालेको थियो ।

अहिले सामाजिक सञ्जाल र समाचारमा औंठीको मूल्य कति भनेर समाचार आएका छन् । बलिउड लाईफको एक रिपोर्टअनुसार, दीपिकाको औंठीको मूल्य दुई करोड भारतीय रुपैयाँ भन्दा बढी रहेको छ ।

दीपिकाले लगाएको औंठीमा हिरा  जडिएको छ । त्यसैले यो औंठी दुई करोड भारतीय रुपैयाँ भन्दा माथि रहेको जनाएको छ ।

उनीहरुका परिवारजनका अनुसार, दीपिकाले बिहेका लागि एक करोड भारतीय रुपैयाँका गहना किनेकी थिइन् । जसमा उनको तीलहरी मात्रै ३० लाख भारतीय रुपैयाँको रहेको जनाएको छ ।

ताजा खबर