मलाईका र अर्जुनको अर्को तस्वीर भाइरल

२०७५ कार्तिक ३० शुक्रबार १२:३६:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको बिहेले चर्चा पाइरहेका बेला अर्को बलिउड प्रेमिल जोडीको तस्वीर बाहिर आएको छ ।

‘मुन्नी बदनाम हुई’ गीतमा आइटम डान्स गरेर चर्चामा आएकी अभिनेत्री मलाईका अरोरा र अर्जुन कपुरको तस्वीरले हलचल मच्चाएको हो । उनीहरुको तस्वीर सार्वजनिक भएलगत्तै भाइरल भएको छ ।

अरवाज खानसँग सम्बन्धविच्छेदपछि अर्जुन कपुरसँग डेटिङमा रहेकी मलाईका यस अघि जन्मदिनको अवसरमा दिएको पार्टीले चर्चामा आएकी थिइन् । उनको जन्मदिनमा अर्जुन पनि इटाली पुगेका थिए ।

यो तस्वीर भने महीप कपुरले आयोजना गरेको पार्टीको हो । जहाँ करिना कुपर पनि सहभागि थिइन् । यसमा मलाईका अर्जुन कपुरसँगै बसेकी छन् ।

४५ वर्षीया मलाईका र ३३ वर्षीया अर्जुन केही समयदेखि प्रेमसम्बन्धमा थिए । तर, उनीहरुले यो विषयमा बोलेका थिएन् । उनीहरु पछिल्लो समय भने विस्तारै तस्वीरहरु सार्वजनिक गर्न थालेका छन् ।

अर्जुन अविवाहित हुने भने मलाईकाले केही वर्ष अघि सम्बन्धविच्छेद गरेकी थिइन् ।

ताजा खबर