अम्बानीकी छोरीलाई बिहेपछि बस्न ४५२ करोडको महल तयार
.jpeg)
काठमाडौं । भारतीय अर्बपति निता र मुकेश अम्बानीकी छोरी ईशाको विहेको तयारी शुरु भएको छ । उनलाई बिहे पछि बस्नका लागि महल समेत तयार गरिएको छ ।
भारतीय मिडियाका अनुसार, ईशाको १२ डिसेम्बरमा आनन्द पिरामलसँग बिहे हुँदैछ । बिहेपछि बस्नका लागि सी फेसस्थित भव्य महल तयार गरिएको छ ।
यो सन् २०१२ मा ४५२ करोड भारतीय रुपैयाँमा खरिद गरिएको जनाएको छ । जुन यस अघि हिन्दुस्तान युनिलिभरसँग रहेको थियो ।
यो महल ५० हजार बर्गफिटमा रहेको छ । पाँचतले यो महललाई आनन्दका आमाबुवा स्वती र अजय पिरमलले छोराबुहारीलाई उपहार दिन लागेको जनाएको छ ।
अजय पिरमल संसारभरी १० अर्ब डलरको कारोबार गर्दै आएका छन् । उनी फर्मास्यूटिकल, फाइनान्सियल सर्भिसेज, रियल स्टेट, आईटी र सीसाको कारोबार गर्छन् ।
हिन्दुस्तान युनिलिभरबाट सन् २०१२ मा खरिद गरिएको यो महल सन् २०१५ मा पुनःनिर्माण गरिएको थियो । यसको सबै निर्माण कार्य सकिएको र आन्तरिक सजावट भइरहेको जनाएको छ ।
अहिले ईशा बस्दै आएको महल चार लाख बर्गफिटमा रहेको छ । अम्बानी परिवारको यो महल बेलायती राजपरिवारले बस्ने बकिङघम प्यालेसपछि संसारकै दोस्रो महंगो निवास हो ।