वाइल्डलाइफ नेचर फोटो प्रदर्शनी

२०७४ श्रावण १४ शनिबार १८:०१:०० मा प्रकाशित

नेपालगंज,१४ साउन । अन्तराष्ट्रिय बाघ दिवसको अवसरमा नेपालगंजमा शनिवार देखि नेपाल वाइल्डलाइफ एण्ड नेचर फोटो प्रदर्शनी शुरु भएको   छ । नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा र उपमेयर उमा थापामगरले प्रदर्शनीमा राखिएका तस्वीरहरुको फोटो खिचेर संयूक्त रुपमा कार्यक्रमको उद्घाटन गरे ।

 सो अवसरमा वोल्दै मेयर डा.राणाले फोटो प्रदर्शनीले यस क्षेत्रको पर्यटन र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। उनले भने, ‘फोटोहरुले इतिहासलाई जोगाएर राख्दछ अन्तरालको यो अभियानमा हामा्रे साथ रहन्छ ।’

 यसैगरी उपमेयर उमा थापामगरले अन्तरालले निरन्तर रुपमा फोटो प्रदर्शनीहरु आयोजना गर्दै आएको र फोटो बैङ्क स्थापना गरि दुर्लभ फोटोहरु संरक्षण  अभियान थालेकोमा खुशी व्यक्त गरिन्।

फोटो प्रदर्शनीका परिकल्पनाकार आयोजक अन्तरालका टिमलिडर जयनारायण शाहले फोटो प्रदर्शनीले वन्यजन्तु संरक्षण अभियान, फोटोग्राफी र पर्यटनको विकासमा थोरै भएपनि योगदान पु¥याउने बताए।

अन्तराल फोटो बैङ्कले सहकार्य गरेको यस प्रदर्शनीमा १ सय ५० फोटो राखिएका छन् । पाटेबाघ, एक सिंगे गैडा, विभिन्न वन्यजन्तु, चराचुरुङ्गी र प्रकृतिका तस्वीरहरुमा दर्शकहरुको विशेष आकर्षण रहयो ।

दर्शकले निःशुल्क अवलोकन गर्ने व्यवस्था मिलाईएको प्रदर्शनी आइतवार वेलुकी ६ वजेसम्म संचालन हुने जनाईएको छ ।
      
 

ताजा खबर