‘भारत’को फस्ट लुकमा यस्तो देखिए सल्मान र क्याट्रिना

२०७५ कार्तिक २९ बिहीबार १२:३३:०० मा प्रकाशित

काठमाडौं । यसवर्ष बलिउडको बहुचर्चित फिल्म मध्ये एक ‘भारत’को ‘फस्ट लुक’ सार्वजनिक गरिएको छ ।

जसमा सल्मान खान र क्याट्रिना कैफ देखिएका छन् । यो फिल्ममा सल्मान र क्याट्रिया मुख्य भूमिकामा रहेका छन् ।

सल्मानले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको ‘भारत’ पहिलो तस्वीरमा दुवै स्टार पाकिस्तान र भारतको सीमा वागा बोर्डरमा उभिएका छन् । उनीहरुले अनुहार देखाएका छैनन् ।

सल्मान निलो सुटमा छन् भने क्याट्रिनाले रातो सारीसँग निलो सल ओढेकी छन् ।

यो फिल्ममा सल्मान र क्याट्रिनाका अतिरिक्त दिशा पटानी, तब्बु, ज्याकी स्रोफ लगायतको अभियन रहेको छ ।

अलि अब्बास जाफरले निर्देशन गरेको यो फिल्म ५ जुन, २०१९ मा रिलिज हुने छ ।

ताजा खबर