भारती छोड्दैछिन् ‘कपिल शर्मा शो’
२०७४ श्रावण १४ शनिबार १७:३०:००
मा प्रकाशित

मुम्वई । केही समयअघि मात्र ‘द कपिल शर्मा शो’ ज्वाइन गरेकी कमेडियन भारती सिंह अब उक्त शोबाट बाहिरिने भएकी छिन् । उनी शोबाट बाहिरिनुको कारण उनले गर्न लागेको नयाँ शो ‘कमेडी दंगल’ ले गर्दा हो भन्ने अनुमान लगाइएको छ ।
एक भारतीय मिडियाका अनुसार, कपिलको शोमा आउनु अगावै उनले आफ्नो नयाँ शोको लागि साइन गरिसकेकी थिइन् ।
छ वटा भागमा काम गरिसकेकी भारतीले एक अन्तर्वार्तामा बोल्दै उनले आफू अब थप दुई भागमा देखा पर्ने जानकारी दिएकी थिइन् ।
भारतीको नयाँ शो ‘कमेडी दंगल’ अगस्तबाट शुरु हुने बताईएको छ। एजेन्सी