अबको २५ वर्षमा मंगल ग्रहमा मानव बस्ती ?

२०७५ कार्तिक २८ बुधबार १३:२१:०० मा प्रकाशित

२८ कात्तिक । अमेरिकाको स्पेस एजेन्सी नासाले अबको २५ वर्षमा मंगलमा मानव बस्ती बसाउन सकिने जानकारी सार्वजनिक गरेको छ । तर त्यसको लागि प्राविधिक र स्वास्थ्य सम्बन्धी समस्याहरु प्रशस्त रहेको बताएको छ ।

ब्रम्हाण्डबाट आउने खराब विकिरण, सम्भावित दृष्टीनाश तथा हाड सम्बन्धी समस्याहरु अहिले तत्कालै देखिइसकेको र भविष्यमा अन्य कुनै अन्तरिक्ष यात्री मंगलमा जानुअघि यसको निवारण गरेर मात्र जानुपर्ने नासाका एक उच्च अधिकारीले मंगलबार बताएका छन् ।

नासाका पूर्व अन्तरिक्ष यात्री टम जोन्सले भनेका छन् , ‘अहिलेको बजेट अथवा अलिक ठुलो बजेटले पनि ति समस्याहरु समाधान गर्न अझै २५ वर्ष लाग्नेछ ।’  सन् २००१ मा रिटायर्ड भएका टम यसअघि ४ पटक स्पेस शटल मिसनमा सहभागी भइसकेका छन् ।

औसतमा करिब २२५ मिलियन किलोमिटर दुरी रहेको मंगलमा हालसम्मकै अत्याधिक समस्याहरु रहेको एपोलो लुनार मिसनले भेटेको बताइएको छ ।

अहिले यस्तो विकसित प्रविधी भएर पनि अन्तरिक्ष यात्रीलाई मंगल पुग्न ९ महिना सम्म लाग्ने गरेको छ । त्यति लामो समय शुन्य गुरुत्वाकर्षणमा बस्नु ठुलो समस्या हो ।

उदाहरणको लागि, लामो समय यसरी वजन विहिन हुनाले रेटिनाको रक्त कोषिकाहरु परिवर्तन गर्न नसकिने गरि अस्वभाविक परिवर्तनहरु आउने तथा आँखाको दृष्टिशक्ति ह्रास हुनसक्छ । अझै लामो समय शुन्य गुरुत्वाकर्षणमा बस्दा शरिरका हाडहरुबाट क्याल्सीयम चुहिएर हड्डी टुक्रिने सम्भावना पनि रहन्छ ।

पृथ्वीको तुलनामा एक तिहाइ मात्र गुरुत्वाकर्षण भएको मंगलमा, बैज्ञानिकहरुले मिसनको क्रममा एक वर्ष  बिताएपनि यसको पूर्ण असरहरु अझै थाहा पाउन सकेका छैनन् ।

ठिक तरिकाले अघि बढाउने

मानवको शरिरमा हुने नोक्सान कम गर्ने एक उपाय भनेको मंगल ग्रहसम्म पुग्ने समयावधि कम गराउनु हो ।

जोन्सले परमाणु प्रणाली प्रयोग गरी उडानमा उर्जा उत्पादन गर्दा थप फाइदा पुग्ने बताएका छन् । उनि भन्छन्, ‘यदि हामीले अहिले सुरु ग¥यौं भने, आउँदो २५ वर्षमा यि प्रविधी उपलब्ध हुन सक्छ, जसले हामीलाई उक्त लामो यात्रामा बचाउन सक्छ । ’

एरोस्पेस विज्ञहरुले अहिले नै केहि त्यस्ता प्रविधीहरु पहिचान गरिसकेका छन्, जसलाई तिब्र रुपमा विकास गर्न जरुरी छ । यस्तो प्रबिधि भनेको विशेषगरी मंगलमा कठिन यात्रामा बच्न सक्ने र सहज रुपमा ल्याण्ड हुन सक्ने अन्तरिक्ष यान हो, जसले पृथ्वीमा फर्किदा सहज रुपमा मानिसलाई उठाउन सकोस र फर्किन सकोस् ।

हाल नासाको इन साइट नामक एउटा नयाँ रोबोटिक यान मंगलतिर ल्याण्ड हुनै लागेको छ । गत मे ५ मा उडेको उक्त यान आगामी नोभेम्बर २६ मा ल्याण्ड हुने तालिका रहेको छ ।

थाहा नभएका जटिलता

नासा गोडार्ड अन्तरिक्ष यात्रा केन्द्रका प्रमुख वैज्ञानिक जिम गार्विनका अनुसार इन साइट नामक रोबोटिक यानले मंगल ग्रहको थाहा नभएका जटिल तथ्यहरु बुझ्न सहयोग गर्नेछ ।
सन् २०२० मा नासाको एक रोभरले मंगलमा अध्ययन गरी उक्त ग्रहमा मानव बस्तीको सम्भाव्यता निर्धारण गर्नेछ । उक्त रोभरले पहिला कुनै जिवन रहे नरहेको, प्राकृतिक श्रोतको आँकलन र मानव शरिरलाई पर्न सक्ने असरहरु पत्ता लगाउनेछ ।

यसका साथै, स्पेस एक्स जस्ता निजी संस्था र अरु राष्ट्रका आयोजकहरु पनि भविष्यको मंगल ग्रहको मिसनलाई सहायक हुने प्रविधि विकास गर्न लागिपरेका छन् ।

केहि विशेषज्ञहरु नयाँ चन्द्रमाको अन्वेषण गर्नु नै भविष्यको मंगल ग्रहको मिसनको लागि मुख्य हुने बताइरहेका छन् । उनिहरु यसबाट पानी निकाल्ने अथवा प्रविधिको प्रयोग गर्ने र यसबाट प्राप्त ज्ञान भविष्यको मंगल ग्रहको मिसनमा प्रयोग गर्न सकिने बताउँछन् । (अल जजिराबाट अनुवादित)

 

ताजा खबर