दीपिका र रणवीरको आज बिहे हुँदै

२०७५ कार्तिक २८ बुधबार १२:५२:०० मा प्रकाशित

काठमाडौं । बलिउड स्टारद्वय दीपिका पादुकोण र रणवीर सिंहले आज विहे गदैछन् ।

भारतीय मिडियाका अनुसार, उनीहरु आज इटालीमा बिहे गर्न लागेका हुन् । इटालीको लेक कोमोस्थित कास्टा दिबा रिसोर्ट एन्ड स्पामा बिहे हुन लागेको हो । बिहेको सबै तयारी पुरा भएको जनाएको छ ।

दीपिका र रणवीरका परिवार पनि केही दिन अघि नै इटाली पुगिसकेका छन् । थुप्रै भारतीय कलाकारहरु पनि उनहरुको बिहेमा सहभागि हुन मंगलबार इटाली पुगेका छन् ।

बिहेस्थलमा रणवीर प्लेनबाट जाने जनाएको छ । त्यसमा उनका आफन्तसँगै नजिकका साथीभाइ रहने जनाएको छ ।

उनीहरुले बिहेमा लगाउने गहना अघिल्लो हप्ता नै खरिद सकेको छन् । गहनाको विमा समेत गराएको समाचारमा जनाएको छ । विमा कम्पनीले बिहे अवधि भरका लागि अन्य सामानको पनि जिम्मेवारी लिएको जनाएको छ ।

दीपिका र रणवीरले उपहार नलिने भएका छन् । उनीहरुले बिहे तथा रिसेप्सनमा आमन्त्रण गरेको पाहुनालाई कुनै चिज पनि उपहार नल्याउन आग्रह गरको छन् ।

मंगलबारदेखि नै बिहेको तयारी शुरु भएको जनाएको छ । उनीहरुले बिहे अघिका कार्यक्रमको फोटो सार्वजनिक गर्न रोकेका छन् ।

ताजा खबर