राखी सावंतले पिटाइको बद्ला लिन खलीलाई गुहारिन

२०७५ कार्तिक २८ बुधबार ११:५७:०० मा प्रकाशित

काठमाडौं । राखी सावंतले आफूलाई पिट्नेसँग बद्ला लिन रेस्लर खलीलाई आग्रह गरेकी छन् ।

हरियाणाको अस्पतालमा उपचार गराइ रहेकी राखीलाई भेट्न रेस्लर खली मंगलबार अस्पताल पुगेका थिए । उनीसँगको भेटमा राखीले आफूलाई पिट्ने रेस्लरसँग बद्ला लिन आग्रह गरेकी थिइन् ।

गत शुक्रबार हरियाणाको पंचकुलामा खलीले रेस्लिङ प्रतियोगिता आयोजना गरेको थियो । जसमा राखीलाई पनि नृत्यका लागि बोलाइएको थियो । नृत्य गरिसकेपछि महिला रेस्लरहरु रिङमा आएका थिए । त्यतबेला महिला रेस्लर रोबेनले आफूसँग भिड्ने कोही महिला भए रिङमा आउन चेतावनी दिएकी थिइन् ।

त्यहि बेला राखी सावंत रिङमा पुगेकी थिइन् । उनले पनि महिला रेस्लर रोबेनलाई एउटा गीतमा आउसँगै नाच्न चेतावनी दिएकी थिइन । तर, महिला रेस्लर रोबेनले राखीसँगै आइटम डान्स देखाएकी थिइन् । जब नृत्य सकियो त्यसपछि रेस्लर रोबेनले राखीलाई उचालेर काँधमाथि राखिन, अनि जोरसँग पछारिन् ।

रेस्लरले पछारेपछि घाइते भएकी राखीलाई अस्पताल लगिएको थियो । उनी हिडडुल गर्न नसक्ने भएकी थिइन् । उनी राखीलाई भेट्न मंगलबार भारतीय रेस्लर खली अस्पताल पुगेका थिए ।

उनले खलीलाई भनिन्, ‘खली भाइ, विदेशी रेस्लरले मलाई कुटेको छ । त्यसको बद्ला लेऊ ।’ उनले मिडियासँग कुराकानी गर्दै आफूले बद्ला लिने बताएकी छन् । ‘त्यो फिरंगीले म को हुँ भन्ने चिनेको छैन । म कुटाइको बद्ला लिन्छु’ राखीले भनिन् ।

उनले आफ्नो कम्मर, पेट र पिठ्यूमा चोट लागेको बताइन् । ‘मलाई ऊसँग (महिला रेस्लर रोबेन) डर लाग्न थालेको छ । उसले मलाई पछारेकी छन् । म बद्ला लिएर छोड्छु’ राखी सावंतले भनिन् ।

यसरी पछारिएकी थिइन राखी सावंत (भिडियो)
ZBHtJ7EWg5w

ताजा खबर