छठको अवसरमा कुटुम्बले सांस्कृतिक प्रस्तुति गर्ने

२०७५ कार्तिक २७ मंगलबार ०८:५२:०० मा प्रकाशित

काठमाडौ,२७ कात्तिक ।  छठको अवसरमा कुटुम्ब स‌ांस्कृतिक समूहले कमलपोखरीमा छठ सम्बन्धी विशेष सांस्कृतिक कार्यक्रम  गर्दैछ । कुटुम्बले मंगलबार बेलुकी ८ बजेपछी सो कार्यक्रम गर्न लागिएको हो ।

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०६३ पछि काठमाडौंको गौरीघाट, कमलपोखरी, रानीपोखरी, थापाथलीलगायतका ठाउँमा पनि मनाउन थालिएको हो।

झण्डै एक दशकदेखि  काठमाडौं क्षेत्र न‌ ४ सांसद कार्यालयको सक्रियतामा कमलपोखरीमा गरिँदै आएको छठ पुजा यस पटक पनि भव्यरुपले मनाउने तयारी भईरहेको छ ।

ताजा खबर