राखी सावन्त रेस्लिङमा, महिला रेस्लरले पछारेपछि अस्पताल भर्ना

२०७५ कार्तिक २६ सोमबार १२:४४:०० मा प्रकाशित

काठमाडौं । चर्चामा आउनका लागि अनेक हतकन्डा अपनाउने राखी सावन्त यसपटक भने नराम्री पछारिएकी छन् । एक महिला रेस्लरसँग रिङमा भिड्न उत्रिएपछि कुटाइ खानु परेको छ । महिला रेस्लरले नराम्ररी बजारेपछि राखी सावन्तलाई अस्पताल भर्ना गरिएको छ ।

हरियाणाको पंचकुलास्थित ताउ देवी लाल स्टेडियममा आईतबार ग्रेट खलीले ‘वनडे सीडब्लूई च्याम्पियनसिप’को आयोजना गरेका थिए । त्यस कार्यक्रममा राखी सावन्त पनि नृत गर्नका लागि सहभागि गराइएकी थिइन् ।

प्रतियोगिता शुरु हुन अघि राखीले नृत्य गरेकी थिइन् । उनीसँगै रेस्लरहरुले पनि नृत्य गरेका थिए, रिंगमै । स्टेडियममा महिला र पुरुष खचाखच भरिएका थिए ।

राखीको नृत्य सकिएपछि महिला रेस्लर रोबेल रिंगमा उत्रिएकी थिइन्, अर्की रेस्लरसँग भिड्न । त्यही बेला रोबेलले हसिमजाक गर्दै त्यहाँ उपस्थित महिलालाई भिड्नका लागि आमन्त्रित गरेकी थिइन् । उनले भनेकी थिइन, ‘पंचकुलामा कोही छ मसँग रिंगमा भिड्ने, आउनुस ।’

त्यो सुनेपछि राखी रिंगमा गइन् । उनले नृत्य लगाउँदै रिंगको डोरीमाथि चढेर खुशी मनाइन् । रेस्लरजस्तै बडी प्रदर्शन गरिन् ।

राखीले रिंगमा पुगेर महिला रेस्लर रोबेनलाई नृत्य गर्न चुनौति दिइन् । उनले भिड्नु भन्दा अघि आफूसँगै नाच्न चुनौति दिएकी थिइन् । रेस्लर रोबिन पनि राखीसँगै मज्जाले नाचिन् । उनले राखीजस्तै आईटम डान्स देखाइन् ।

राखीको चुनौतिअनुसार, एउटा गीतमा नाचे सकेपछि रोबेन राखी नजिकै गइन् । उनलाई टपक्क टिपेर काँधमा राखिन् । अनि दुई हातले उचालेर रिंगमा पछारिदिइन् ।

सबै हेरिमात्रै रहे, के भइरहेको छ पत्तै पाएनन् । पाँच–दश मिनेटसम्म राखी नभिएपछि आयोजक रिंगमा पुगेका थिए । उनीहरु अन्य महिला रेस्लरले राखीलाई उठाउने कोसिस गरे तर, उनी उभिन सकिनन् ।

त्यसपछि महिला रेस्लर र आयोजकले बोकेरै गाडीसम्म पुगाए । राखीलाई त्यहीको निजी अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय मिडियाका अनुसार, उनको कम्मरमा चोट लागेको छ । हिडडुल गर्न सकिराखेकी छैनन् । उनको अवस्था खतरामुक्त रहेको जनाएको छ ।

महिला रेस्लरले पछार्न अघि उनले गरेको नृत्य
">http://

 

ताजा खबर