डेनीका छोरा बलिउडमा डेब्यू गर्दै

२०७५ कार्तिक २६ सोमबार १२:००:०० मा प्रकाशित

काठमाडौं । अभिनेता डेनी डेनजोगपाका छोरा रिङजिङ बलिउडमा डेब्यू गर्न लागेका छन् ।

उनी एक्सन थ्रिलर फिल्म ‘स्क्वाइड’मा खेल्न लागेका हुन् । सन् २०१९ को अप्रिलबाट सुटिङ हुने फिल्मको निर्देशन नीलश सहायले गर्ने भएका छन् ।

बलिउड हंगामाको रिपोर्टअनुसार, रिङजिङले एक्सनको तयारी शुरु गरेका छन् । उनी दिनमा दुई घण्टा प्रशिक्षण लिइरहेको जनाएको छ ।

छोराको बलिउड डेब्यूमा अभिनेता डेनीले खुशी जनाएका छन् । ‘यो हाम्रो परिवारका लागि गर्वको कुरा हो’ डेनीले भनेका छन् ।

यसका सहमति जनाउन अघि रिङजिङ र डेनीले फिल्मको स्क्रिप्ट पढेका थिए । दुवैलाई मन परेपछि रिङजिङ फिल्म खेल्न तयार भएको जनाएको छ ।

निर्देशक नीलेशले पनि रिङजिङको प्रशंसा गरेका छन् । बलिउडको सबै भन्दा राम्रो एक्सन स्टार बन्ने उनको भनाइ छ ।

ताजा खबर