तीन दिनमा 'ठग्स अफ हिन्दुस्तान'को कमाइ सय करोड

२०७५ कार्तिक २५ आइतबार १३:१८:०० मा प्रकाशित

मुम्बई । बहुचर्चित बलिउड फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले तीन दिनमा एकसय करोड कमाएको छ ।

बक्स अफ इन्डियाका अनुसार, ठग्स अफ हिन्दुस्तान ‘विकेन्डस्’मा सबैभन्दा बढी कमाउन फिल्मको सूचिमा सातौ नम्बरमा पुगेको छ ।

बाहुबली, सन्जु, टाइगर जिन्दा है, सुल्तान, दंगल र बजरंगी भाइजानपछि ठग्स अफ हिन्दुस्तानले रिकर्ड बनाएको छ । यसले रिलिज भएको दिन बिहीबार ५० करोड भारतीय रुपैयाँ कमाएको थियो ।

दोस्रो दिन भने ब्यापार बढ्न सकेन् । झण्डै आधा मात्रै कमायो । शुक्रबारको ठग्स अफ हिन्दुस्तानको कमाई २८ करोड भारतीय रुपैयाँ थियो ।

त्यस्तै, तेस्रो दिन झन तल खस्किएको छ । शनिबार २२ करोड ७५ लाख भारतीय रुपैयाँ कमाइ गरेको बक्स अफिसले जनाएको छ । यसको निर्माणमा २१० करोड भारतीय रुपैयाँ लागेको हो ।

यसमा अमिताभ बच्चन, अमिर खान, कैटरिना कैफ र फातिमा सना शेख मूख्य भूमिका रहेका छन् ।

ताजा खबर