'मणिकर्णिका'मा कंगनाले पाइन १४ करोड

२०७५ कार्तिक २५ आइतबार १२:१३:०० मा प्रकाशित

मुम्बई । बलिउडमा अभिनेत्री कंगना रनोट सबैभन्दा महंगी अभिनेत्रीमा बनेकी छन् । अर्को वर्ष रिलिज हुने उनको फिल्म ‘मणिकर्णिका’ले उनलाई महंगी अभिनेत्री बनाएको छ ।

उनी आफ्नो पारिश्रमिक बढाउदै लग्न थालेकी छन् । उनले एकता कपूरको ‘मेटल है क्या’ फिल्मका लागि चार करोड भारतीय रुपैयाँ पारिश्रमिक पाएकी छन् ।

तर, ‘मणिकर्णिका’ फिल्मका लागि भने उनको पारिश्रमिक अत्यधिक बढेको छ । उनले १४ करोड भारतीय रुपैयाँ पारिश्रमिक पाएकी हुन् ।

भारतीय समाचार एजेन्सीहरुका अनुसार, उनलाई फिल्म सुटिङ हुन भन्दा अगाडी नै १० करोड भारतीय रुपैयाँ दिइएको थियो । बाँकी चार करोड पनि सुटिङ सकिने बेला दिइएको जनाएको छ ।  

उसो त फिल्म ‘मणिकर्णिका’को बजेट पनि बढेको छ । पुनः सुटिङ गर्नु परेका कारण बजेट बढेको जनाएको छ ।

यसको शुरुआतमा ६० देखि ६५ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । तर, पुनः सुटिङ गर्दा ११० देखि १२० करोड भारतीय रुपैयाँ पुगेको जनाएको छ ।

यो फिल्म सन् २०१९ को जनवरीमा रिलिज हुने छ ।

ताजा खबर