बलिउड स्टार नवाजुद्दीन सिद्दीकी पनि 'मि टू'मा

२०७५ कार्तिक २५ आइतबार ११:१९:०० मा प्रकाशित

मुम्बई । भारतमा चलिरहेको 'मि टू'  अभियानले बलिउड कलाकार, निर्देशक र निर्मातालाई चपेटामा पार्न छोडेको छैन् । कयौं कलाकार, नेता, पत्रकार, लेखक र सम्पादकलाई पद त्याग्न बाध्य पारेको छ ।

यस्तैमा नयाँ नाम आएको छ, अभिनेता नवाजुद्दीन सिद्दीकी । उनलाई पूर्व ‘मिस इन्डिया’ निहारिका सिंहले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । उनी नवाजुद्दीनकी पूर्व प्रेमिका पनि हुन् ।

अभिनेत्री निकारिकाले ट्वीट गरेर आफूमाथि नवाजुद्दीनले यौन दुर्व्यवहार गरेको आरोप लगाकी हुन् । उनले ट्वीटमा लेखेकी छन्, ‘मैले नवाजुद्दीनलाई मिस लभ्ली फिल्मको सेटमा भेटेकी थिएँ ।’

उनले अगाडी लेखेकी छन्, ‘एक दिन बिहान नवाजुद्दीन रातभरी फिल्मको सुटिङ सकेर फर्किदै थिए । मैले खाजाका लागि बोलाए । जब मैले गेट खोले उनले मलाई अंगालो होल । मैले उनको अंगालोबाट निस्कने कोसिस गरिरहे तर, उनले जान दिएनन् । केहीबेर पनि मुस्किलले निस्कन सकेँ । त्यो बेला म यो सम्बन्धका विषयमा केही तय गर्न सकिराखेकी थिइन ।’

अभिनेत्री निहारिका सन् २००५ ‘मिस इन्डिया’ भएकी थिइन् । उनले केही फिल्ममा अभिनय गरेकी छन् । निहारिका र नवाजुद्दीनले पनि सँगै काम गरेका छन् । उनीहरु केही समय प्रेम सम्बन्धमा पनि थिए ।

ताजा खबर