शाहरुख, कैटरिना र अनुष्काविरुद्ध एफआईआर दर्ता

२०७५ कार्तिक २० मंगलबार १४:५०:०० मा प्रकाशित

काठमाडौं । शाहरुख खान, कैटरिना कैफ र अनुष्का शर्माको फिल्म ‘जिरो’ टिजर सार्वजनिक भएसँगै विवाद शुरु भएको छ । तीनै कलाकारसँगै ‘जिरो’ विरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ ।

सिख समुदायले आफ्नो भावनामाथि खेलवाड गरेको भन्दै विरोध जनाएका छन् । दिल्ली सिख गरुद्वारा मेनेजमैन्ट कमिटिका महासचिव मनजिन्दर सिंह सिरसाले एफआईआर दर्ता गराएका हुन् ।

उनीहरुले फिल्मको एउटा पोस्टर टिजरको एउटा सिनमा असहमति जनाएका हुन् । जसमा शाहरुख खान कृषाण लगाएको देखिएका छन् । साधारण चक्कु जसरी कृपाणलाई पहिरेकाले भावनामाथि चोट पुगेको सिख समुदायले जनाएका छन् ।

सिख समुदायमा कृपाण खालसाले मात्रै पहिरने गर्छन् । मनजिन्दरले निर्माता गौरी खानलाई त्यो सिन हटाउन माग गरेका छन् ।

शाहरुखले फिल्ममा लगाएको गत्र कृपाण हो । यो सिखमध्ये पनि अमृतधारीले मात्रै लगाउने गरेको जनाएको छ ।

 

ताजा खबर