रणबीर र दीपिका ‘ब्रेकअप’

२०७४ श्रावण १३ शुक्रबार १६:५१:०० मा प्रकाशित

मुम्वई । बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको ब्रेकअप भएको छ ।  प्रेमलाई भन्दा बढि कामलाई ध्यान दिएको भन्ने कुराले दीपिका र रणवीरको सम्बन्धमा ब्रेकअप भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो जोडीबीच ब्रेकअप भएपनि मनमुटाब नभएको दावी गरिएको छ। व्यस्तताको कारण यी दुबैले एकअर्कालाई समय दिन नसकेका हुन् । रणबीर तत्कालै बिहे गर्ने शुरमा देखिएका छन् भने दीपिका तत्कालै बिहे गर्न चाहन्नन् । उनी आफ्नो क्यारियरलाई अझ माथि लिएर जान चाहन्छिन् ।

दीपकाको यस्तो निर्णयले नायक रणबीर कपुर दोस्री युवतीसँग जोडिन वाध्य भएको भारतीय संचार माध्यमले उल्लेख गरेको  छ । दीपिका र रणबीर पाँच वर्ष अघिदेखि डेटिङमा थिए । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘रामलीला’को सुटिङमा उनीहरुको प्रेम सुरु भएको थियो । अहिले यी दुवैले भन्सालीकै निर्देशनमा बनिरहेको चलचित्र ‘पद्मावती’ मा काम  गरिरहेका छन् । एजेन्सी 
 

ताजा खबर