यो हाँँस्न नमिल्ने समाचार हो !

२०७४ श्रावण १३ शुक्रबार १६:३०:०० मा प्रकाशित

अहिले हामी मध्ये जो कोहीलाई पनि आफ्नो काम छिटो सक्नु परेको छ । कामको प्रेसर यति धेरै हुन्छ कि हामीलाई पछिल्लो समय कहिले हाँसेका थियौं भन्ने कुरा पनि हेक्का समेत हँुदैन । हाँस्नु स्वस्थ शरीरको लागि एकदमै महत्वपूर्ण कुरा हो । तर धेरै मान्छेले यो बिर्सिसकेको छ । घरमा घरव्यवहारको गनगन, अफिसमा हाकिमको कचकच र अन्य धेरै कुराहरुले गर्दा मान्छेले मज्जाले हाँस्न बिर्सिसकेको छ । हाँस्नु भनेको सबैको लागि एकदमै महत्वपूर्ण कुरा हो तर हामी हाँसोलाई त्यतिकै खेर जान दिई रहेका हुन्छौं ।

हाँसो हाम्रो स्वास्थ्यको लागि कति फाईदाजनक छ भन्ने कुराको यहाँ केही टिप्सहरु छन् ।  हाँसोले हाम्रो स्वास्थ्यमा के कस्तो फाईदा गर्छ,पढौं यी महत्वपूर्ण बूँदा :

१. हाँस्नुले मनलाई स्वस्थ राख्नुका साथै  कसरत पनि हुन्छ । हाँसोले हाम्रो शरीरमा भएको रगतको संचालन एकदमै राम्रो तरिकाले भइरहन्छ । हाँसोले शरीरमा भएको एंडोर्फिन रसायन निक्लन्छ र यसले द्रव्य र ह्रदयलाई एकदमै मजबुत बनाउँछ । हाँस्नुले ह्रदयघातको सम्भावना कम हुन्छ ।

२.  एउटा रिर्सचको अनुसार अक्सिजनको उपस्थितिमा क्यास्सर जस्तो भयानक रोग र अन्य प्रकारका हानिकारक जीवाणुवर्ग एवं भाइरसहरुलाई पनि हाँसोले नष्ट गराईदिन्छ । जति हाँस्यो त्यति नै धेरै अक्सिजन हामीले पाउन सक्छौं र शरीरको प्रतिरक्षातन्त्र पनि एकदमै राम्रो हुन्छ ।

३. यदि बिहानको समय हाँस्य ध्यान योग गर्यो भने पूरा दिन एकदमै राम्रो हुनुका साथै प्रशन्नताले बित्छ । यदी रातीको समय यो योग गर्यो भने गहिरो निन्द्रा पर्दछ । हाँस्य योगले हाम्रो शरीरमा धेरै प्रकारको हारमोन्सको काम गर्छ जसले मधुमेह, ढाडको दुखाई र तनावमा भएका मान्छेहरुको लागि एकदमै फाईदा दिन्छ।

४. हाँसोले मानिसमा भएका सकारात्मक उर्जा पनि बढ्छ । सँधै बिहान–बिहान हाँस्नाले दिनभरी अफिसको वातावरणमा नै परिवर्तन आउँछ । त्यसैले हामीले हाम्रो दिनको शुरुवात दुईचारवटा चुटकिला पढेर या सुनेर गर्यौं भने हाम्रो पूरा दिन रमाइलो तरिकाले बित्छ । त्यसैल पनि हाँस्नको लागि कुनै बहानाको आवश्यक पर्दैन । मान्छे त्यसै एक्लै पनि हाँसेर रमाउन सक्छ ।

५. सधैं एक घण्टा हाँस्नुले ४०० क्यालोरी उर्जाको खपत हुन्छ जसले मोटोपनलाई काबुमा राख्ने काम गर्छ । आजकल धेरै जसो ठाउँहरुमा हाँस्य क्लब नै संचालनमा आएका छन् । हाँस्य क्लबले तनावले भरिएको जिन्दगीलाई हाँसोको माध्यमले हलुका बनाईदिन्छ।

 प्रकृतिले पनि हामीलाई बारम्बार भनिरहेको हुन्छ कि – पानी परेपछि आकाशमा देखिएको घाम, फक्रिएको फूल, हरियो देखिएका रुखका पात र हाँगाहरुले आफ्नो खुशीको महशुस गराउँछन् । यिनीहरुको यही खुशी देखेर नै हामी सबैको मन पनि खुशी हुन्छ । यसरी नै हामी सधैं खुशी भयौं भने हाम्रो वरीपरीको वातावरण पनि एकदमै रमाईलो हुन्छ । अंग्रेजीमा एउटा भनाई छ - Health is above wealth .

सोच्नुस् यदी एउटा सानो हाँसोले तपाईंको फोटो राम्रो आउन सक्छ भने तपाईं झन खुलेर हाँस्नु भयो भने तपाईंको जिन्दगीको फोटो कति राम्रो बन्छ होला । जब स्वास्थ्य र सामाजिक क्षेत्रमा हाँस्नुका धेरै फाईदा छन् भने हाँस्नु त पर्छ नै । त्यसैले आफू पनि सधंै हासौं र अरुलाई पनि हसाउँ ।  
 

ताजा खबर