पहिलो पत्नीसँगको सम्बन्धविच्छेद सबैभन्दा पीडादायी : अमिर खान

२०७५ कार्तिक १९ सोमबार १५:२५:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अमिर खानले आफ्नो जीवनमा सबैभन्दा पीडादायी क्षण पहिलो पत्नीसँगको सम्बन्धविच्छेदलाई बताएका छन् ।

करण जौहरको भिटी शो कपि विद करनमा बोल्दै अमिरले आफ्नो जीवनका अनेक घटनाहरुको चर्चा गरेका छन् । त्यसैक्रममा उनले पहिलो पत्नीसँगको सम्बन्धविच्छेदको विषयलाई पनि खोलेका हुन ।

अमिरले सन् १९८६ मा रिना दत्तासँग बिहे गरेका थिए । उनका दुई छोराछारी इरा र जुनैद छन् । सन् २००२ मा अमिर र रिनाको सम्बन्धविच्छेद भएको थियो ।

उनले आफ्नी पहिलो पत्नीका विषयमा खुलेर कुराकानी गरे । ‘मैले रिनासँग १६ वर्ष विताए । जब दुवैले अलग हुने निर्णय गरे, त्यो मेरा लागि दर्दनाक थियो,’ अमिरले भने ।

रिनासँगको सम्बन्धविच्छेदले दुवैका परिवार समेत चोट परेको उनले बताए । ‘दुवैका परिवार ट्रमामा परेका थिए,’ उनले भने । मुस्किलले त्यो समय कटाएको अमिरले बताएका छन् ।

उनले अहिले पनि रिनालाई सम्मान र माया गर्ने गरेको बताएका छन् । ‘रिना एकदम राम्रो मान्छे हुन । उनीसँग १६ वर्ष बिताउनु पाउनु भाग्यमानी ठानेको छु । अझै पनि म उनलाई सम्मान गर्छु, माया गर्छु,’ अमिरले भावुक हुँदै भने ।

रिनासँग सम्बन्धविच्छेद भएपछि अमिरले किरन रायसँग बिहे गरेका थिए, सन् २००५ मा । रिना र किरनको सम्बन्ध पनि राम्रो रहेको अमिरले बताएका छन् ।

ताजा खबर