आकांक्षाको रोमान्टिक गीत सार्वजनिक

२०७५ कार्तिक १९ सोमबार १३:१६:०० मा प्रकाशित

गायिका आकांक्षा बस्यालले नयाँ गीत लिएर आएकी छिन ।

संगीत सिक्षाको लागि अमेरिका गएकी बस्यालले ‘बोलायो’ बोलको रोमान्टिक गीत ल्याएकी हुन् । सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत रहेको यो गीत श्रोताले मन पराउने गायिकाको विश्वास रहेको बताएकी छिन् ।

यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका छन् । बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’ , ‘मलाई रुन देउ’ लगायतका गीतहरु चर्चित छन् ।

 

ताजा खबर