४७ वर्षीया तब्बु बिहे गर्न तयार

२०७५ कार्तिक १९ सोमबार १२:५३:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री तब्बु पनि बिहे गर्न तयार भएकी छन् । ४७ वर्षीया तब्बुले अब बिहे गर्न तयार भएको बताएकी छन् ।

फिल्म प्रमोसनका क्रममा सोधिएको प्रश्नको जवाफ दिदै अभिनेत्री तब्बुले बिहे गर्न तयार भएको बताएकी हुन् । ‘अब म बिहे गर्न तयार छु । सहि केटा मिल्यो भने बिहे गर्छु,’ तब्बुले भनिन् ।

उनले अहिलेसम्म बिहे गरौ भन्ने खालको केटा नभेटिएको बताइ । ‘जब मन मिल्ने मान्छे भेटिन्छ, त्यतिबेला तपाईलाई लागिहाल्छ, यो सहि मान्छे हो । एक किसिमको कनेक्सन भइहाल्छ । अहिलेसम्म त्यो भएको छैन,’ तब्बुले भनिन् ।

प्रायः तब्बु निजी जिन्दगीका विषयमा कम बोल्ने गर्छिन् । निजी जिन्दगीका विषयमा सोध्यो कि टालटुल गर्थिन् । यस पटक भने उनले खुलेर जवाफ दिइन् ।

उनको नयाँ फिल्म ‘दे दे प्यार दे’ आउदै छ । जसमा अजय देवगन पनि छन् ।

यसपछि उनी सलमान खानसँग देखिने छिन् । फिल्म भारतमा तब्बुसँगै सलमान खानको अभिनय रहेको छ । जसमा उनी सलमानकी बहिनीको भूमिकामा छिन् ।

 

ताजा खबर