डरलाग्दो छ रजनिकान्तको फिल्मको टिजर

२०७५ कार्तिक १८ आइतबार १२:१५:०० मा प्रकाशित

काठमाडौं । बहुप्रतिक्षित रजनिकान्तको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

रजनिकान्त र अक्षय कुमारको अभिनय रहेको फिल्म २.० को टिजर सार्वजनिक गरिएको हो । टिजरमा अक्षय कुमार नयाँ लुकमा देखिएका छन् । जुन डराउनेखालको छ ।

दक्षिण भारतीय फिल्ममा डेब्यू गरिरहेका अक्षय कुमारको यो रजनिकान्तसँग पहिलो फिल्म हो । यो फिल्म निर्माणमा ५४३ करोड भारतीय रुपैयाँ लागेको छ ।

रिजिल हुनु भन्दा अगाडी नै यो फिल्म संसारका सबैभन्दा बढी लगानी भएका १० फिल्ममा परेको छ । यो नौ नम्बरमा छ ।

चेन्नेइको सत्इम सिनेमा हलमा टिजर सार्वजनिक गरिएको हो । यस कार्यक्रममा रजनिकान्त, अक्षय कुमार, रसूल पुकुट्टी, एमी जेक्सन, निर्देशक एस शंकर उपस्थित रहेका थिए ।

">http://

ताजा खबर