फेसबुकका ८१ हजार खाताको विवरण चोरी

२०७५ कार्तिक १८ आइतबार ११:५४:०० मा प्रकाशित

काठमाडौं । फेसबुकका लागि गत वर्ष खराब रह्यो, उसका कयौं खाताको विवरण चोरी भए । तर, यो वर्ष पनि त्यो क्रम रोकिएन् । फेरी फेसबुकका खाताको विवरण चोरी भएको समाचार आएको छ ।

बिबिसिको रिपोर्टअनुसार, ८१ हजार खाता चोरी भएका छन् । ति खाताको बिस्तृत विवरण ह्याकरले बिक्री गरिरहेका छन् । ति खाताहरु बिक्रीमा रहेको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । यसरी सार्वजनिक गरिएको वेबसाइटको डोमेन रुसको सेन्ट पिटसबर्गमा रहेको जनाएको छ ।

दुई महिना अघि ति खाताहरु चोरी भएको रिपोर्टमा उल्लेख गरिएको छ । ति ह्याकरले १२ करोड फेसबुक प्रयोगकर्ताको खाता विवरण आफूसँग रहेको बिबिसिलाई बताएको छ । ति सबै बेच्न खोजेको पनि जनाएको छ ।

यसमा अनुसन्धान गर्दा ८१ हजार फेसबुक प्रयोगकर्ताको विवरण र उनीहरुका निजी मेसेज सहित बिक्री गरिरहेको खुलेको छ ।
त्यस्तै, ति ह्याकरसँग एक लाख ७६ हजार फेसबुक प्रयोगकर्ताको इमेल र फोन नम्बर समेत रहेको पाइएको छ । 

रिपोर्टका क्रममा बिक्री भइरहेका खातावालाहरुसँग पनि कुराकानी गरिएको छ । ६ जना प्रयोगकर्तासँग गरिएको कुराकानीमा उनीहरुका मेसेज भएको पुष्टि भएको छ ।

‘ति खातावालासँग चोरिएका मेसेज दिइएको थियो । उनीहरुले आफ्नै मेसेज भएको बताएका छन्,’ रिपोर्टमा भनिएको छ । ति मेसेजमा टेक्समात्रै नभएर फोटो पनि भएको जनाएको छ ।

यसरी बिक्री भइरहेका खाता युक्रेन, रुस, बेलायत, अमेरिका, ब्राजिल लगायतका देशका भएको जनाएको छ ।

फेसबुकले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । फेसबुका भाइसप्रेजिडेन्ट गाय रोजेनले भनेका छन, ‘अनुसन्धान गरिरहेका छौं । खाता चोरी गर्ने प्रयोगकर्तालाई ब्लक गर्न कानुनी एजेन्सीहरुसँग छलफल गरिरहेका छौं ।’
  

ताजा खबर