जन्मदिनमा ‘जिरो’को टिजर सार्वजनिक गर्दै शाहरुख

२०७५ कार्तिक १६ शुक्रबार ११:४८:०० मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता शाहरुख खान ५३ वर्षका भए । आज जन्मदिनको अवसरमा ‘जिरो’ फिल्मको टिजर सार्वजनिक गर्ने भएका छन् ।

उनी हरेक वर्ष जन्मदिन पत्रकारहरुसँग मनाउने गरेका छन् । यो वर्षपनि पत्रकारहरुसँगै जन्मदिन मनाउने बताएका छन् । तर, आज ‘जिरो’को टिजर सार्वजनिक गरेपछि मात्रै उनी पत्रकारसँग जन्मदिन मनाउने छन् ।

जिरोको तेस्रो पोस्टर हिजो सार्वजनिक गरिएको थियो । जसमा उनी कट्रिना कैफसँगै देखिएका थिए । अर्को पोस्टरमा अनुष्का शर्मासँग देखिएका छन् ।

उनले बुधबार राती अमिर खानसँग पनि भेटघाट गरेका छन्  । उनले अमिर खानलाई जिरोको टिजर देखाएका छन् । अमिरले त जिरोको खुलेर प्रशंसा समेत गरेका छन् ।

यहि वर्ष अमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ पनि रिजिल हुँदैछ । अमिरको फिल्म ७ नोभेम्बरमा र शाहरुखको फिल्म जिरो २१ डिसेम्बरमा रिलिज हुँदैछन् । यि दुवै बनाउँदा फिल्ममा दुई सय करोड भारतीय रुपैयाँ खर्च भएको छ ।

ताजा खबर