मुस्लिम अभिनेता हिन्दु पण्डित बने

२०७५ कार्तिक १५ बिहीबार १०:४५:०० मा प्रकाशित

नेपालमा हिन्दु मुस्लिम विवादमा आधारित हलिउड चलचित्र दि म्यान फ्रम काठमाडौको छायांकन पुरा भइसकेको छ । चलचित्र आउने महिना रिलीज हुँदैछ । यस चलचित्रमा पाकिस्तानका चर्चित अभिनेता हमीद शेखले हिन्दु पण्डितको भूमिका निर्वाह गरेका छन् । त्यस्तै मुसलमानको भूमिकामा बलिवुड अभिनेता गुलशन ग्रोवर देखिदै छन् । 

हमीद शेखको सम्बन्ध पाकिस्तानको बलुचिस्तासँग छ । उनी पीटीवी क्वेटासँग आवद्ध थिए । यसका अतिरिक्त उनले चलचित्र मोर मा मुख्य भूमिका निर्वाह गरेका छन् । उनले चलचित्र खुदाके लिए मा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । 

उनी भन्छन, अभिनेताले त्यस्तो सबै भूमिका निर्वाह गर्नुपर्छ जुन उसले पहिले गरेको छैन् । उनी चलचित्र मोर देखि पण्डितसम्म पुग्दा खासै मेहनत गर्न नपरेको बताउँछन् । उनी आफूलाई बलिउड चलतचित्रको प्रभाव पनि परेको र बलिउडमा आफ्ना हिन्दु अभिनेता साथी पनि रहेको बताउँछन् । 

हमीद शेखका अनुसार उनको पढाई बढाई अन्तर धार्मीक परिवेशमा भएको थियो । यसले गर्दा उनलाई फरक किसिमको भूमिका निर्वाह गर्न पनि सहज हुने गरेको छ । 

क्वेटामा मेरो घरको एकतर्फ हिन्दुहरुको मन्दिर छ, अर्का तर्फ पारसिहरुको क्लोनी र धार्मीक स्थल । यस्तै घरको पछाडी अहमदिहरुको एक मात्र धर्मस्थल छ । हामीले यी सबै कुरा बच्चै देखि देख्दै आएका छौँ,  उनी भन्छन ।

उनका अनुसार दि म्यान फ्रम काठमाडौ को कथा एक मुसलमान युवामा आधारित छ जो अमेरिकाबाट नेपाल आएर आफ्ना पिताको विरासत खोज्न चाहन्छन् । यस शीलशीलामा उनी एक मुसलमान नेताको सम्पर्कमा पुग्छन् । यो भूमिका गुलशन ग्रोवरले निभएका छन् । ती युवालाई नेताले राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोज्छन् तर उनी असफल हुन्छन्  । त्यस क्रममा हमिदको हिन्दु पण्डितका रुपमा मुस्लिम नेताहरुसँग विवाद हुन्छ । 

चलचित्रका निर्देशक पेमाको सम्बन्ध नेपालसँग छ । उनका आफन्त तिब्बतबाट नेपाल आएका थिए । जबकी पेमाले भने अमेरिकाबाटै शिक्षा हासिल गरेका छन् । उनले आफ्नो चलचित्र कम्पनीलाई हलिउडमा दर्ता गरेका छन् । 

चलचित्र अमेरिकाका अतिरिक्त नेपाल र भारतमा पनि रिलीज हुनेछ । पाकिस्तानी अभिनेता हमीद चलचित्र पाकिस्तानमा पनि प्रदर्शन होस भन्ने चाहन्छन् । तर पाकिस्तानमा व्यवसायीक चलचित्र मात्र चल्ने गर्छन् । 

ताजा खबर